गृह मन्त्रालयले भन्यो- ‘मिटर ब्याज’ सम्बन्धी सूचना पाए सीडीओ कार्यालयमा जानकारी गराउनुस्


काठमाडौं । गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा जानकारी गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति निकालेर यस्तो अनुरोध गरेको हो ।पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको भन्दै जानकारी गराउन मन्त्रालयले आग्रह गरेको हो ।

मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानुन विपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवम् शारीरिक र मानसिक रूपमा यातना दिने लगायतका प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि :

सप्तरीका मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार २१:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ