जसपामा चर्कियो विवाद : उपेन्द्र यादव विरूद्ध हस्ताक्षर संकलन गरिदै, त्यसपछि…


काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन् ।

जसपामा अर्का अध्यक्ष पनि नराखे पार्टी फुटाउनेसम्मको तयारीमा उनीहरू जुटेका छन् ।‌ स्थानीय तहको चुनावअघि नै हस्ताक्षर संकलन सुरु गरिएको थियो । त्यतिबेला असन्तुष्ट पक्षको दबाब थेग्न नसकी अध्यक्ष यादवले कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बोलाएका थिए ।

फागुनमा केन्द्रीय समिति बैठकले असार १ र २ गते विधान अधिवेशन बोलाउने र विधान अधिवेशनबाटै दुई अध्यक्ष राख्ने विषय टुंगो लगाउने निर्णय गरेपछि असन्तुष्ट पक्षधर नेताहरू चुप लागेका थिए ।

त्यो बेला अध्यक्ष यादव एक कदम पछि हटेका थिए। केन्द्रीय समिति र कार्यकारिणी समितिको बैठक नबस्ने अवस्थामा पार्टीले गर्ने हरेक निर्णयमा तीनजना नेता भट्टराई, यादव र राईलाई जिम्मेवारी दिने सहमति गरिएको थियो । तीनजना नेतालाई अधिकार दिएर पार्टी मुख्यालय गठन गरिएको थियो ।

यसैगरी केन्द्रीय समितिले निर्वाचनमा उम्मेदवारको मनोयनपत्रमा पार्टीका तर्फबाट हस्ताक्षर गर्ने अधिकार राईलाई दिएको थियो । त्यसपछि पार्टीमा अस्थायी मेलमिलाप भयो । यसैबीचमा स्थानीय तहको निर्वाचन भयो। निर्वाचनपछि अस्थायी मेलमिलाप भंग भएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २८, शनिबार ०९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ