शिक्षामा नयाँ आयाम ‘स्कुल अफ स्कलर्स’ लहानमा उद्घाटन


धर्मेन्द्र पासवान, लहान । मधेश प्रदेश स्थित सिरहाको लहानमा शिक्षामा नयाँ आयाम थपेका ‘Learners Today, Ledears Tomorrow’ (आजको विद्यार्थी, भोलिको नेतृत्वकर्ता) मुख्य उद्देश्य सहित ‘स्कुल अफ स्कलर्स’ को विधिवत समुद्घाटन भएको छ ।

विद्यालयका निर्देशक तथा अध्यक्ष सुदिपराज कुशवाहाको सभा अध्यक्षतामा प्रमुख अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले ‘स्कुल अफ स्कलर्स’ (एसओएस) को उद्घाटन गरेका छन् ।

‘एसओएस’ गत भदौ २०७८ मा नै संचालनमा आएको भएपनि कोरोना महामारीको दोस्रो लहरका कारण विधिवत रूपमा उद्घाटन भने हुन सकेको थिएन । प्रजिअ कवारीका अनुसार कुनैपनि संस्थागत विद्यालय सञ्चालन गर्नका लागि र सहि तरिकाले आफ्नो ठाउँमा स्थापित गर्नको लागि ३/४ ओटा तत्वको आवश्यकता रहेको हुन्छ । ती तत्वहरुमा सबभन्दा पहिले संरचना, जनशक्ति (कार्य गर्ने जनशक्ति), प्रक्रिया र जिम्मेवारी (लाभग्राही सेवाग्राहीप्रति जिम्मेवारी) यी सम्पूर्ण तत्व मिलेर एउटा संगठनको संरचना बन्छ ।

प्रजिअ कवारीले भने- ‘एसओएस’ को संरचना एकदम राम्रो देखियो । त्यसपछि जनशक्ति डेडिकेटेड (समर्पित) शिक्षकहरु हुनुहुन्छ, प्रक्रिया भनेको कसरी सञ्चालन गर्नुभएको छ र जिम्मेवारी भनेको अभिभावकले पसिना बगाएर कमाएको पैसा तिरेको हुन्छ । त्यो पैसा फिर्ता गर्न विद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा कसरी प्रदान गर्छ भन्ने कुरामा भर पर्छ । गुणस्तरीय शिक्षा भनेको सजिलो कुरा होइन । यो पाउनको लागि सबैको मेहनतको जरुरी पर्छ ।’

लहानमा धेरै नै बोर्डिङ स्कुलहरु खुलेको कारणले बरमझिया सप्तरीको पेडा पसल जस्तै असली बाजेको पेडा पसल, बूढो बाजेको पेडा पसल शुद्ध मेरो मात्रै भनेर धेरै नै ब्राण्डिङ भएको कुरालाई नेपाल पत्रकार महासंघ सिरहाको सभापति मनोज मनैता यादवले उदाहरण दिएका थिए । उनका अनुसार शिक्षक/शिक्षिकाको पारिश्रमिकको कुरामा ‘एसोएस’ को नाम धेरै राम्रो सुनिएकोले भनाइ र गराइमा फरक त गरेको छैन भन्ने कुराको जिकिर गरेक थिए ।

आजकल प्रत्येक अभिभावकको टाउको दुखाइको विषय बनेको छ गुणस्तरीय शिक्षासंगै संस्कार पनि । धेरै
अभिभावकहरु लहानमा राम्रो विद्यालय नभएर छोराछोरी बाहिर पठाएको गुनासाहरु बढ्दै गएको बेला केहि हदसम्म यो समस्यालाई समाधान गर्नको लागि एक कदम अगाडी बढेर आएको छ ‘स्कुल अफ स्कलर्स’ ।
जहाँ मधेश प्रदेश कै नमूनाको नवीनतम प्रविधिबाट विद्यार्थीहरुलाई पठनपाठन गराउँदै छन् ।

जहाँ सफ्टवेयर/एप्स, समूहको माध्यम बाट सिक्ने काम, अवलोकन विधि, विशेष अनलाइन शिक्षण कक्षा, अभिनव विज्ञान प्रयोगशाला, गणित ल्याब, आईसीटी श्रमजीवी, पुस्तकालय र ई पुस्तकालय, बहुउद्देश्यीय सेमिनार हल, बिभिन्न खेल क्लबहरु, कला/ग्यालरी कोठा, संगीत/नृत्य नाटक/सांस्कृतिक मंच, स्वास्थ्य सेवा एकाइ/चिकित्सा स्वच्छ क्याफेटेरिया, यातायात सेवा, स्वस्थ खाना र पोषणयुक्त, वातावरण (स्वच्छ, हरियो र स्वस्थ वातावरण) एसएसएस वातावरण (विद्यार्थीहरु को सुरक्षित र सुरक्षित वातावरण) आत्मरक्षा तालिममा आधारित कक्षा कोठा रिसर्च म्यानेजमेन्ट सेल, केटा र केटीहरुको छुट्टाछुट्टै छात्रावास, राम्रो संगठित कर्मचारी ब्लक अन्य धेरै सुविधाहरु विद्यालयमा रहने ‘स्कुल अफ स्कलर्स’ का कार्यकारी निर्देशक तथा अध्यक्ष समेत रहेका सुदिपराज कुशवाहाले बताए ।

‘जग बलियो त घर बलियो’ भनेझैं बच्चाहरुको सुरुको पढाइ नै सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँछन् निर्देशक कुशवाहा । उनका अनुसार विद्यालय जानु को मतलब यो होइन कि प्रत्येक वर्ष एक कक्षा बाट अर्को कक्षा मा गएर पढनु । विद्यालय हाम्रो बच्चाहरूको भविष्य उज्जवल बनाउने प्लेटफर्म हो, त्यसैले यो छनोट सावधानी पूर्वक गर्नुपर्छ ।

उनले भने, ‘हाम्रो विद्यालयले योग्य र अनुभवी शिक्षकलाई मात्रै राखेका छन् । न कि अहिलेको निजी विद्यालयहरू जस्तो उच्च मावि, स्नातक पढदै गरेको बिना योग्यता र अनुभव नभएका काम चलाउ शिक्षक राखेर पैसा ठग्ने धन्धा गर्ने जस्तो काम हाम्रो विद्यालयले कदापि गर्दैनन् ।

निर्देशक कुशवाहाका अनुसार आउँदो केहि दिनमै मधेश प्रदेश मात्रै होइन देशभरिमै गनिएको चुनिएको सुविधा सम्पन्न विद्यालयको लिस्टमा सामेल हुनेछ । जसले ‘लहान’ लाई शैक्षिक हवको रुपमा व्याख्या गर्नेछ ।कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग सिरहाको (एसपी) तुलसीराम डिएसपी रिजन यादव, जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्य, राष्ट्रिय परिक्षा बोर्ड सिरहा लहानका प्रमुख र सलहेश क्याम्पसका प्रमुख मनोज कुमार कर्ण लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

त्यसैगरि शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएका पशुपति आदर्श माध्यमिक विद्यालयका सेवा निवृत प्रधानाध्यापक विश्वनाथ महतोलाई प्रमुख अतिथि प्रजिअ कवारी र सभा अध्यक्ष कुशवाहाद्वयले दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरेका थिए ।

कार्यक्रममा संचरकर्मी, अभिभावक, शिक्षक तथा ६ सय विद्यार्थीहरू लगायत लगभग १ हजार जनाको उपस्थितमा सम्पन्न भएको कार्यक्रममा व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्ण संस्थापक सदस्य, कर्मचारी, शिक्षक, विद्यार्थीहरुलाई कार्यक्रम सफल बनाएकोमा स्कूल अफ स्कलर्स परिवारले धन्यवाद समेत ज्ञापन गरेका थिए ।

प्रकाशित : २०७९ जेष्ठ २८, शनिबार १६:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ