रब ने बना दी जोडी… ३६ इन्चको दुलहा र ३१ इन्चको दुलही, तामझामका साथ विवाह !


भारत, महाराष्ट्रको जलगाउँ सहरमा भएको एक विवाह चर्चाको विषय बनेको छ । यस विवाहमा बेहुलाको लम्बाइ ३६ इन्च र दुलहीको लम्बाइ ३१ इन्च थियो । दुबैको जोडी देखेर सबैको मुखबाट एउटै शब्द निस्क्यो– रब ने बना दी जोडी ।

वास्तवमा जलगाउँका सन्दीप सपकालेको लम्बाइ ३६ इन्च र उज्ज्वलाको लम्बाइ ३१ इन्च छ । दुवैले तामझामका साथ विवाह गरेका हुन् ।

सन्दीपका कोही दाजुभाइ छैनन् । उनका आमाबाबु सामान्य कदका छन् । उज्ज्वलाका अन्य तीन बहिनी र एक भाइ छन् । उनका आमाबुबासँगै उनका दाजुभाइ र दिदी सामान्य कदका छन् ।

उज्ज्वला र सन्दीपको परिवार दुवैको विवाहलाई लिएर निकै चिन्तित थिए । तर भनिन्छ नि…विवाहको गाँठो स्वर्गमा बाँधिन्छ । सन्दीप र उज्ज्वलाको सम्बन्ध पनि सायद स्वर्गमा बाँधिएको छ ।

सन्दीप १२ कक्षासम्म पढेका छन् । उनी सहरको प्रतिष्ठित सुन पसलमा काम गर्थे । सन्दीपको विवाहको चर्चा हुनुको कारण उनको उचाई ३६ इन्च र उज्ज्वलाको उचाई ३१ इन्च रहेको छ ।

दुवैको विवाहको तस्बिर सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, टिकटक र इन्सटाग्रामहरुमा भाइरल भइरहेको छ र सबैले ‘रब ने बना दी जोडी’ भनेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २८, शनिबार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ