अब एकएक पैसाको हिसाब खोज्छु, जे गर्छु सब लाइब हुन्छ : धरानका मेयर हर्क साम्पाङ


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ ले अब एकएक पैसाको हिसाब खोज्ने बताएका छन् ।

जनताले आफुलाई जे गर्न पठाएको त्यो सुरु गर्ने भन्दै उनले सो घोषणा गरेका हुन् । उनी धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिदै विजयी भएका हुन् ।

यसअघि उनले धरान उपमहानगरपालिकाको बैठक ‘लाईभ’ गर्ने बताइसकेका छन् । उनले सामाजिक संञ्जालमा लेखेका छन्- अब एक एक पैसाको हिसाब खोज्छु ! जनताले मलाई जे गर्न पठाएको हो त्यो शुरु गर्छु ! जय धरान !!!

यो पनि :
धरान उपमहानगर पालिकाको कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । यसैको फाइदा उठाउदै एमालेले स्वतन्त्रबाट विजयी भएका मेयर हर्क साम्पाङको काममा अवरोध गर्न थालेको हो ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार ११:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ