जनकपुर : आँप गाँछीमा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यू, शोकमा गाउँबासी


जनकपुरधाम । धनुषामा चट्याङ लागेर एक बालिकाको मृत्यू भएको छ ।

हावाहुरी र बर्षासँगै खसेको चट्याङ लागेर कमला नगरपालिका ३ का जोगिन्द्र दास तत्माको अन्दाजी १३ वर्षीया छोरी रञ्जना कुमारीको मृत्यू भएको हो ।

हावाहुरीले झारेको आँप संकलन गर्न गएको बेला आँप बगेचामै चट्याङ लागेर बालिका रञ्जनाको मृत्यू भएको स्थानीय मनोज मोरबैताले जानकारी दिए ।

दुई दिन अगाडी सप्तरीमा पनि चट्याङ लागेर दुई जनाको ज्यान गएको थियो ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार १६:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ