चुरोटको निहुँमा खुकुरी हानेर १८ वर्षीय भाइको हत्या


Todaykhoj News

काठमाडौं । सुनसरीको बराह क्षेत्रमा १८ वर्षीय किशोरको हत्या अभियोगमा उनका दाजु पक्राउ परेका छन् ।

सुनसरी प्रहरीका अनुसार बराह क्षेत्र नगरपालिका ४ कौवा खोजमा खुकुरी प्रहारबाट सख्त घाइते भएका १८ वर्षीय देव कुमार धामीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटनापछि आइतबार बिहान मृतकका दाजु ३० वर्षीय देवराज धामीलाई पक्राउ गरेको चुरोटको निहुँमा भएको झगडामा देवराजले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ