संसदमा मलबारे छलफल चल्दैगर्दा सुतेका थिए कृषिमन्त्री यादव, फोटो बन्यो भाइरल


काठमाडौं । प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् ।

प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल छल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् ।

प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण मन्त्री यादवले दिने बताउँदै थिइन् । सोही समयमा मन्त्री यादव निदाइरहेका देखिन्थे ।

आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथिको छलफल रोकेर किसानले मल नपाउनुको विषयमा छलफल प्रस्ताव गरेको थियो ।

सोही विषयमा छलफल हुँदै गर्दा र सत्तापक्ष तथा प्रतिपक्ष सांसदले मन्त्री यादवमाथि किसानले मल नपाउनुको कारण बुझ्दै गर्दा उनी निदाएका हुन् ।

प्रकाशित : २०७९ जेष्ठ ३०, सोमबार १९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ