अब ७४ जिल्लाका नगरपालिका, गाउँपालिका र विद्यालयमा नि:शुल्क इन्टरनेट सेवा


काठमाडौं । काठमाडौं उपत्यका बाहिरका ७४ जिल्लामा नेपाल दूरसञ्चार प्राधिकरणले निःशुल्क इन्टरनेट सेवा सुविधा दिने भएको छ ।

प्राधिकरणले ७४ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रले दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा सुविधा दिन लागेको हो ।

ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरि प्राधिकरणले यस्तो सुविधा दिइनेछ । परियोजना अन्तर्गत ब्रोडब्याण्ड नेटवर्क निर्माण गरिएकाले निस:शुल्क सेवा दिन लागिएको ज ।

साथै प्राधिकरणले सर्वसाधारणको माग बमोजिम इन्टरनेट सेवा प्रदायक कम्पनीले प्राधिकरणबाट स्वीकृत महसुलमा इन्टरनेट सेवा उपलब्ध गराउनुपर्ने समेत जनाएको छ ।

यस सम्बन्धि कुनै गुनासो भएमा प्राधिकरणलाई जानकारी गराउन पनि सूचना मार्फत अनुरोध गरिएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ३०, सोमबार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ