फुसको छाना मुक्त गर्न र हावाहुरीले भत्काएको घरलाई जस्तापाता बाँड्दै मेयर चौधरी


धर्मेन्द्र पासवान, लहान । सिरहाको लहान नगरपालिकामा फुसको छाना मुक्त गर्न फुसको घर भएको र हावाहुरीले घर भत्किएको परिवारलाई लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीले घरमै पुगेर जस्तापाता वितरण गरेका छन् ।

निर्वाचन सम्पन्न भइसकेपछि कतिपय जनप्रतिनिधिहरुले मतदाताहरुलाई भेटेर धन्यवाद दिन समेत नपुगेका बेला मेयर चौधरीले आफैं वस्ती-वस्तीमा पुगेर अनुगमन गरि जस्तापाता वितरण गरिरहेकाे छ ।

केही दिन अगाडी मात्र लहान नगरपालिकामा फुसको घर भएको र हावाहुरीले घर भत्किएको आवश्यकता भएका परिवारलाई वडाबाट सिफारिस ल्याउन आह्वान गरेको थियो । तर वडा कार्यालयहरुले आफु खुसी सिफारिस पठाएपछि नगरपालिकामा जस्तापाता वितरण गर्न सकस भएको बताउँछन् मेयर चौधरी ।

उनले भने- हामीले लहान नगरपालिकामा बसोबास गरिरहेका घरको छानो फुसको भएका कुनै पनि परिवारको घरको छानो फुस मुक्त होस् । दलितमा कति परिवार सम्पन्न हुन्छ, यादवमा कति विपन्न हुन सक्छ । त्यसैले हामीले जस्तापाता दिने कुनै पनि परिवारलाई समुदायको आधारमा विभेद गरिने छैन ।

प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार ०८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ