लुम्बिनीकी मन्त्री विमलाको तमासाः ‘प्रेमी’को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट


दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो ।

मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर ५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् ।

घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको बताइएको छ ।

घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । जिप्रका तुलसीपुरबाट प्रहरी टोलि आएर बिमलालाई नियन्त्रणमा लिएको छ ।

गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् । उक्त तस्वीरसहितको समाचार नेपाल प्रेसमा प्रकाशित भएपछि विमला र एकराजले फोटोसप गरिएको दावी गरेका थिए ।

साथै एकराज आफ्नो भाइ पर्ने विमलाले बताएकी थिइन् । विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् । – नेपाल प्रेस

प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार १०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ