Breaking- स्वास्थ्य राज्यमन्त्री वली पक्राउ, यस्तो छ लफडा


काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक महिलाको घरमै पसेर हातपात गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । दाङको तुल्सीपुर बसपार्क नजिकैबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

मन्त्री वलीले एकजना महिलालाई घरमै गएर हातपात गरेको स्थानीयले बताएका छन् । घटनास्थलमा ठूलो संख्यामा स्थानीय जम्मा भएका थिए । प्रहरीले वलीलाई सुरक्षा घेरामा राखेर इलाका प्रहरी कार्यालय तुलसीपुर लगेको बताइएको छ ।

स्थानीयहरुका अनुसार मन्त्री वली आज बिहानै एकराज बस्नेतको घरमा घुसेर बस्नेतकी श्रीमती र छोरीमाथि हातपात गरेकी हुन् । तर बस्नेत भने घरमा नरहेको जनाइएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार ११:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ