Breaking – स्वास्थ्य राज्यमन्त्री विमला विरुद्ध ‘अभद्र व्यवहार’मा जाहेरी


काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्रीविरुद्ध ‘अभद्र व्यवहार’मा जाहेरी परेको छ ।

पीडित तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी २७ वर्षीया मिना भण्डारी बस्नेतले मंगलबार अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । जाहेरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पेस भए पनि दर्ता भएको छैन ।

खत्रीले मंगलबार बिहान बस्नेतको घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई गालीगलौज, कुटपिट र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी छन्।

राज्यमन्त्री खत्रीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको र जाहेरी पनि जिल्लामा नै पठाइने ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरिक्षक रञ्जित स्वाारले बताए। अर्काको घरमा पसेर खत्रीले हातपात गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले खत्रीलाई नियन्त्रणमा लिएको थियो। त्यसक्रममा स्थानीय बासिन्दा ईलाका प्रहरी कार्यालय पुगेर खत्रीलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।

प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार १८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ