चुनाव अघि नै देउवा सरकार ढल्न सक्ने ! को बन्दैछ नयाँ प्रधानमन्त्री ?


काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको कुर्सी धरापमा परेको विश्लेषण सुरु भएको छ ।

स्थानिय तहको निर्वाचन पछि फेरी मुलुकको राजनितीक कोर्ष नयाँ ढंगले जान लागेको चर्चा पनि सुरु भएको छ ।तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएर नेकपा एमाले र माओवादी केन्द्र फरक फरक दलका रुपमा अस्तिवमा स्थापित मात्रै भएनन्, सबैभन्दा ठूलो दल नेकपा एमाले पनि विभाजित बन्न पुग्यो ।

विभाजनको फाइदा उठाउँदै एमालेसँग छुटिएका कम्युनिष्ट पार्टी लाईनै साथमा लिएर काग्रेसले स्थानिय तहको निर्वाचनमा सबैभन्दा बढि सिट सहित पहिलो पार्टी बन्न पुग्यो ।

स्थानिय तहको निर्वाचन परिणाम पछि राष्ट्रिय राजनितीले नयाँ कोर्ष लिने चर्चा चलिरहेका बेला केही समय अघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले काग्रेसलाई ठेगान लगाइदिने अभिव्यक्ति दिए । त्यत्ति मात्रै होइन सिन्धुपाल्चोक लगायतका धेरै जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी केन्द्र र एमालेले गठबन्धननै गरे ।

फेरी बाम गठबन्धनको चर्चा एकातिर चलिरहेको छ भने विवादित अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधीसभाबाट पारित गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसीप प्रोग्रामका नाममा अमेरिकी सैनिकनै नेपाल ल्याउँने गरि सैन्य सम्झौता गर्न तम्सिए पछि गठबन्धनमा हलचल पैदा भएको छ ।

देउवाले एमसीसी पारित गरे जसै गरि एसपीसी सम्झोता गर्न तम्सिए पछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एसका नेताहरु झस्किएका छन् । देउवाले जबर्जस्ती एसपीपी सम्झौता गरेमा देश गम्भिर भूराजनितीक भूमरीमा फस्ने भन्दै माओवादी केन्द्रका जिम्मेवार नेताहरुले कदम चालेका छन् ।

आवश्यक परेमा देउवालाई चुनाव अघिनै प्रधानमन्त्रीको कुर्सीबाट हटाउँने सम्मको तयारीमा माओवादी केन्द्र र नेकपा एसका नेताहरु लागेको बताइन्छ । यहि विचमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग दुई घण्टा गोप्य भेटघाट गरेका छन् भने उनले नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि उनले गोप्य कुराकानी गरेका छन् ।

यता माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले दिएको अभिव्यक्तिका कारण पनि सत्तागठबन्धनमा हलचल मच्चीएको छ । गुरुङले आगामी निर्वाचनमा एमाले र माओवादी केन्द्रको सहकार्य हुने सक्ने बताएका छन् । देउवा सरकारले अमेरिकासँग गर्न खोजेको सैन्य सम्झौताको खरो आलोचना गर्दै उनले एमालेसँग मिल्न माओवादी केन्द्र तयार रहेको भनेका छन्।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले समेत प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण र गर्न लागेको सैन्य सम्झौताका बिषयमा संसदको समितीमै खरो प्रश्न उठाएका छन् । देउवाको अमेरिका भ्रमण निकै विवादीत भएको भन्दै नेपालले देउवाले नेपाली जनतालाई जवाफ दिनु पर्ने भनेका छन् । यी सबै घटनाक्रमले नेपालको राजनीनतीमा केहि खिचडी पाकिरहेको अनुमान गरिएको छ ।

राजनितीक विश्लेषकहरुले पनि राजनिती नयाँकोणबाट अघि बढ्न सक्ने विश्लेषण गरेका छन् । प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणबाट फर्किए लगत्तै संसद विघठन गरेर चुनाव घोषणा गर्न सक्ने या देउवालाईनै प्रधानमन्त्रीबाट हटाएर नयाँ प्रधानमन्त्री बनाउँन सक्ने खेल सम्मको पनि अनुमान सुरु भएको छ ।

चिन र अमेरिकाको पोलिटिकल इन्ट्रेस्ट नजिकबाट देखिएको पनि विश्लेषकहरुले बताएका छन् । राजनितीक विश्लेषक डा बिजय मिश्रले चिनले चाहे अनुुसार भएमा फेरी बाम एकता हुने र काग्रेस एक्लै हुने बताएका छन् । काग्रेस र देउवालाई अमेरिकाको साथ रहको भन्दै उनले वामपन्थी दलमा चिन हाबी भएमा देउवा सरकार ढल्न सक्ने बताएका छन् ।

डा मिश्रले नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डमा चरम इगो प्रबलम भएको भन्दै त्यस्तो अवस्थामा एमालेबाट ओली बाहेकको पात्रलाई प्रधानमन्त्री बनाएर बाम एकता हुन सक्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले अमेरिकासँग सैन्य सम्झौता गरिछोड्ने तयारी गरे पछि माओवादी केन्द्र भित्रको ठुलो तप्का विच्कीएको छ । यस्तो अवस्थामा पार्टी अध्यक्ष प्रचण्डले माओवादी केन्द्र भित्रको दबावलाई थेग्न गारो हुने विश्लेषकहरुले मत रहेको छ ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल पनि पछिल्लो समय प्रधानमन्त्री देउवासँग फायर भएको बताइन्छ । यस्तो अवस्थामा राजनितीले नयाँ कोर्ष नलेला भन्न नसकिने तर्क र बहस सुरु भएको छ ।

प्रकाशित : २०७९ असार १, बुधबार ०५:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ