मधेस सरकारले आज ४२ अर्वको हाराहारीमा बजेट ल्याउँदै


जनकपुरधाम । मधेस सरकारले आज बजेट ल्याउने भएको छ । अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले दिउँसो ४ बजे बस्ने प्रदेशभा बैठकमा आथिर्क वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्ने छन् ।

यसपाली बजेटको अकार बढ्ने अनुमान गरिएको छ । सरकारले करिव ४२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आउने बजेटको आकार चालु आर्थिक वर्षभन्दा झण्डै ८ अर्बभन्दा बढी रहने बताइएको छ ।

चालु आर्थिक वर्षमा सरकारले ३८ अर्बको बजेट ल्याएका थिए । आगामी बजेटमा कोरोना महामारी, वेरोजगारी जस्ता समस्याका कारण करको दायरा फराकिलो गरिएको छैन् ।

जनतालाई सहज हुने गरी उत्पादनमूलक क्षेत्रमा बढी लगानी गर्ने गरी बजेट बनाइएको सरकारका प्रतिनिधिहरुको भनाई छ । आगामी आर्थिक वर्षको लागि संघीय सरकारले १९ अर्ब बजेट प्रदेश सरकारलाई उपलब्ध गराएको छ ।

११ अर्ब रकम आन्तरिक राजस्व बाडफाँटबाट प्राप्त भएको छ । चालु आर्थिक वर्षमा खर्च हुन नसकेको ८ अर्ब समेत गरी ३८ अर्ब रकम रहेको छ ।

यस्तै, चार अर्बको हाराहारीमा आन्तरिक राजस्वबाट असुल भइ आएको रकम गरी करिव ४२ अर्बको हराहारीमा बजेट आउने अनुमान गरिएको छ ।

प्रकाशित : २०७९ असार १, बुधबार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ