प्रेमी भन्दै अर्काको घर पुगेर लफडा गरेकी राज्यमन्त्री विमला अस्पताल भर्ना


बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई अस्पताल भर्ना गरिएको छ । अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा गरेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयका अनुसार मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि खत्रीलाई अस्पताल भर्ना गरिएको हो ।

उनले आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि बस्नेतको घरमा गएको तर आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका लागि षडयन्त्र भएको दाबी गर्दै आएकी छन् ।

विमलाले बस्नेतको श्रीमती र छोरीमाथि हातपात गरेको आरोप छ । सो आरोपमा उनीमाथि जाहेरी समेत दर्ता पीडितले गराएको छ ।

प्रकाशित : २०७९ असार १, बुधबार १५:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ