नेपाली सेना सन् २०१९ मै ‘एसपीपी’मा सहभागी भएको खुलासा, हेर्नुस् प्रमाण


काठमाडौं । नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपीपी)मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ ।

नेपालले सन् २०१५ र २०१७ मा उक्त कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेपछि अमेरिकाले सन् २०१९ मा नेपालको प्रस्ताव स्वीकार गरेको र त्यससँगै नेपाल एसपीपीमा सहभागी बनेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘यो अमेरिकाले अघि बढाएको कार्यक्रममा होइन । यसमा सहभागी हुन नेपालका तर्फबाट दुई पटकसम्म प्रस्ताव आएको थियो । त्यसलाई अमेरिकाले सन् २०१९ मा स्वीकार गरेको हो,’ अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकालरले भने ।

नेपालस्थित अमेरिकी दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कार्यक्रममा सहभागी हुन अमेरिकाले आफै प्रस्ताव नगर्ने तर प्रस्ताव आए त्यो स्वीकृत हुने उल्लेख गरेको छ ।

कूटनीतिक स्रोतका अनुसार एसपीपीमा सहभागी हुन नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सन् २०१५ र २०१७ मा अमेरिकालाई पत्र लेखेका थिए ।

प्रकाशित : २०७९ असार २, बिहीबार ०६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ