किसानलाई ट्याक्टर खरिद गर्न यी बैंकले ऋण दिने, हेर्नुहोस् डिटेल


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धनगढीमा रहेका किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

अब किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकले सोलिस र सोनालिका ट्याक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले वाई ब्याक ग्यारेन्टी सुविधासमेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविनकुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : २०७९ असार २, बिहीबार ०८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ