कान्छो श्रीमानसँग बस्न नदिएको भन्दै बागमती नदीमा हाम फालेपछि….


काठमाडौं । बुधबार ललितपुरको शंखमुल पुलबाट वागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनकै श्रीमान जितेन्द्र माझीले बचाएका छन् ।

‘आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको’ भन्दै काभ्रेकी ३५ वर्षीया लक्ष्मी जिरेल माझीले बुधबार साँझ शंखमुल पुलबाट हाम फालेकी थिइन् ।

उनका श्रीमान जितेन्द्रले नदीमा हाम फालेर ज्यान जोगाएका हुन् । वागमतीमा उनी डुबेकी थिइन् । श्रीमती माझीले तीन वटा छोरा कान्छो श्रीमानको भएको भन्दै आफू कान्छो श्रीमानसँग बस्न चाहेको बताइन् ।

तर, उनका श्रीमान माझीले ५ वटै छोरा आफ्नो भएको दावी गरे । उनका श्रीमान जितेन्द्र माझी कोटेश्वरमा फर्निचर व्यवसाय गरेर २० वर्षदेखि बसिरहेका छन् ।

कान्छो श्रीमानसँग विवाह भएको १५ वर्ष पुगेको लक्ष्मी जिरेल माझीले बताइन् । माझीका जेठा छोरा करण माझीका अनुसार लक्ष्मीले सिन्धुपाल्चोक खाडीचौरका विमल थापासँग दोश्रो विवाह गरेकी हुन् ।

प्रकाशित : २०७९ असार २, बिहीबार १०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ