यि २१ वर्षीया युवती ३ दिनदेखि बेपत्ता !


टुडेखोज, काठमाडौं ।

नुवाकोट पञ्चकन्या गाउँपालिका ३ की २१ वर्षीया युवती विगत तीन दिनदेखि सम्पर्कविहीन भएकी छन् ।

पञ्चकन्या घर भई हाल काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका ७ फुटुङमा डेरा गरी बस्ने कुमार तामाङकी श्रीमती सीमा तामाङ बेपत्ता भएकी हुन् ।

उनका श्रीमान् कुमार तामाङका अनुसार जेठ ३० गते साँझ करिब साढे ५ बजे सीमा आफ्नो लत्ताकपडा लिएर डेराबाट निस्किएकी हुन् ।

आफू कामबाट फर्किँदा श्रीमती सीमा कोठामा नभएपछि छिमेकीलाई सोधपुछ गर्दा कोठा छोडी हिँडेको र आफन्तकहाँ सोधखोज गर्दा नभेटिएको कुमारले बताए ।

श्रीमती सीमा तामाङ मोबाइल फोनसमेत बन्द गरी सम्पर्कविहीन भएपछि कुमारले महानगरीय प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि मंगलबार निवेदन दिएका छन् ।

गृहिणीको रुपमा रहेकी सीमा गोरी, अन्दाजी ५ फिट उचाई भएकी र पालतो शरीरकी हुन् । कहींकतै भेटेमा ९८२३६६६२०६२ नम्बरमा फोन गरी जानकारी दिन अनुरोध गरिएको छ ।

प्रकाशित : २०७९ असार २, बिहीबार १५:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ