मधेस र प्रदेश १ मा भारी वर्षा हुने, सतर्कता अपनाउन अपिल


काठमाडौं । आज शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शनिबार राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही, लुम्बिनीका थोरै र अन्य प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार ०६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ