चारपाटा मुडेर थानकोट कटाउँनु पर्ने माग चर्किएपछि मुख खोले गगन थापा !


काठमाडौं । नेपाली काग्रेसका महामन्त्री एवं प्रतिनिधीसभाका सदस्य गगन थापाले सर्वोच्च अदालतको परमादेशबाट बनेको देउवा सरकारले अमेरिकासँग गर्न खोजको भनिएको सैन्य सम्झौताका बिषयमा मुख खोलेको छन् ।

एमसीसी पास गर्नका लागी दिलोज्यानले प्रधानमन्त्री देउवाको दाहिने हात भएर काम गरेका थापाले एमसीसी पास गर्ने दिन संसदको रोस्टमबाट एमसीसीकै कारण अमेरिकी सेना नेपाल आएमा आफुलाई चारपाटा मुडेर थानकोट कटाइयोस्, नागरिकता पनि खोसियोस् भन्दै चर्को भाषण गरेका थिए । त्यहि भाषणका कारण चर्को आलोचित भए पछि उनले आज मुख खोलेका छन् ।

देउवा सरकारले एसपीपी सम्झौता गर्न लागेको र यसका कारण अमेरिकी सैनिक नेपाल आउँने तथा अहिले पनि धेरै अमेरिकी सैनिकहरु नेपाल आइसकेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले गगन थापालाई अब चारपाटा मुडेर थानकोट कटाउँनु पर्ने भन्दै सोसल मिडीयामा चर्को क्याम्पेनिङ गरेका थिए । विषय निकै पेचिलो बने पछि थापाले संसदबाटै एसपीपी सम्झौताको विपक्षमा मत दिएका छन् ।

कुनै पनि सामरिक महत्वको बिषयमा शक्तिराष्ट्रको छेउमानै नेपाल जान नहुने भन्दै उनले यस्तो सम्झौता नेपालले गनैै नहुने बताएका छन् । प्रधानमन्त्री देउवा समक्ष पनि उनले जवाफ माग गरेका छन् । देउवाले एसपीपी सम्झौता हुँदैन, हुँदैन, हुँदैन गर्दिन, गर्दिन, गर्दिन भनेर संसदमै आएर जवाफ दिनु पर्ने पनी उनले माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन नपाउने भन्दै यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जबाफ दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘यो प्रस्ताव त्यही बेलामा आएको हो । सरकारले तत्काल उभिएर आफ्नो कुरा प्रष्ट राखेको छ । नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन पाउँदैन् । शक्ति राष्टसँग मिलेर काम काम गर्ने हो । उनीहरुले यो गर, गर भनेर कसैले भनेको सुन्ने होइन । प्रधानमन्त्रीले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन हुँदैन हुँदैन भनेर जवाफ दिनुपर्छ ।’

प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि एसपीपीबारेका भ्रम र आशंकाहरुका प्‍वाल बन्द हुने उनले बताए । आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदमा प्रदिप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए । उनले यो सम्झौता कुनै पनि हालतमा स्वीकार नहुने बताए ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार ०८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ