Breaking- आन्दोलित यूवाहरुले गरे रेलमा आगजनी


टुडेखोज । सेनामा भर्ती सम्बन्धी अग्निपथ योजनालाई लिएर पनि युवाहरुको आन्दोलन जारी छ । आन्दोलन आज उग्ररूप लिएको देखिन्छ ।

आज बिहान भारत बिहारको समस्तीपुर र लखीसरायमा युवाहरूले रेलमा आगजनी गरेका छन् । युवाहरुको भीडले धेरै एसी कोचमा आगजनी गरेका हुन् । आगलागीपछि एसी कोचका बोगी जल्न थालेका छन् ।

आज बिहान उत्तर प्रदेशको बलिया रेलवे स्टेशनमा युवाहरूले तोडफोड गरेका छन् । बिहीबार पनि अग्निपथ योजनाको विरोधमा कैयौं राज्यका युवामाझ उकालो लागेको थियो ।

धेरै ठाउँमा आगजनी भयो, रेल र सडक अवरुद्ध बनेको छ । यो योजनाको विरोधमा उत्तर प्रदेशको बलियामा युवाहरु सडकमा उत्रिएका छन् ।

‘आगजनी र तोडफोडको आन्दोलनमा शहरका मानिसहरू बढी संलग्न थिए’, बक्सरको बिहिया थानाका एसआई राम स्वरूपले बताए । यसमा विद्यार्थी संख्या कम रहेको उनले बताए ।

आन्दोलनमा एसआई राम स्वरूप र अन्य दुई रेल कर्मचारी घाइते भएका छन् । सेना भर्तीमा उमेर हद तोकेपछि यूवाहरु आन्दोलित छन् ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार ०९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ