मिटर ब्याजका पीडितहरु काठमाडौं पुगेर आन्दोलन सुरु गरे


काठमाडौं । मिटर ब्याज संघर्ष समितिले आज काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना तथा विरोध कार्यक्रम गरेको छ ।

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको मिटर ब्याज विरुद्धको संघर्ष समितिको आयोजनामा शुक्रबार धर्ना तथा विरोध कार्यक्रमको आयोजना गरिएको हो ।

धर्ना तथा विरोध कार्यक्रम संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ता,उपाध्यक्ष अशोक सिंह कुर्मी, कोषाध्यक्ष अजमुल्ला मोहम्मद मुसलमान, सचिव किशोरी चमाईन, सहसचिव राम सुभाग मुसहर लगायत करिब २०–२५ जनाको उपस्थितिमा बिरोध तथा धर्ना कार्यक्रम सुरु भएको हो ।

उनीहरुले ‘मिटर ब्याज लिन पाईदैन’, ‘जनता मार्न पाईदैन’, ‘मिटर ब्याज लिनेलाई कारर्वाही गर’, ‘मिटर ब्याज लिनेहरु खबरदार’, ‘कानुन उल्लंघन गर्न पाईदैन्’, ‘मिटर ब्याज लिन पाईदैन’, ‘सुकुम्बासी र भुमिहिन बनाउन पाईदैन्’ जस्ता प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन् ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार १२:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ