रेलको ठक्करबाट एक पुरुषको मृत्यू


जनकपुरधाम । रेलको ठक्करबाट एक पुरुषको मृत्यू भएको छ ।

मृत्यू हुनेमा झापाको मेचीनगर नगरपालिका ६ का ३० वर्षीय विजय श्रेष्ठ छन् । गएराति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट उनको मृत्यू भएको हो ।

रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडी जाँदै गरेको रेलले उनलाई ठक्कर दिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

घटनालगत्तै पानीट्याङ्कीमा रहेको भारतीय प्रहरी चौकीले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराएको थियो । मृतकको शव त्यही चौकीमा राखिएको छ । परीक्षणपश्चात शव आज नेपाल ल्याइने प्रहरीले जनाएको छ ।

पूर्वी नेपालको मेचीनगर, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रबाट किनमेल र उपचारका लागि दिनहुँ सयौँको सङ्ख्यामा नेपाली सीमावर्ती भारतीय बजार पानीट्याङ्की, नक्सलबाडी, गलगलिया र सिलीगुडी ओहोरदोहोर गर्छन् ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार १४:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ