लोडसेडिङले हैरान जनता विद्युत् कार्यालयलाई दिए लालटिन उपहार


दाङ । अघोषित लोडशेडिङ हुन थालेकाे भन्दै नेपाली कांग्रेसले दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार दिएको छ ।

आज शुक्रवार नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाइमा ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयलाई लालटिन उपहार दिइएकाे हाे ।

प्रतिनिधिमण्डल गएर अघोषित लोडशेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरूप लालटिन उपहार दिइएको कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काले जानकारी दिए ।

कार्यालय पुगेकाे समूहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणि विकलाई भेटेर समस्या राख्नुका साथै यथाशीघ्र समाधान गर्नसमेत आग्रह गरेको थियो ।

काङ्ग्रेस क्षेत्र २ का सभापति खड्का, प्रदेश २(क) का सभापति प्रकाश श्रेष्ठ, नगर सभापति तिलक रावत, उपसभापति दुर्लभ केसी, दाङ उद्योग वाणिज्य सङ्घका निवर्तमान उपाध्यक्ष वसन्त जोशी, नगर सदस्य किरण बोहरालगायतको टाेली कार्यालय पुगेकाे थियाे ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार १६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ