रेशम चौधरीलाई भेट्न जेलमै पुगे सिके राउत, दुबै जनाको पार्टीबीच गठबन्धन हुने


जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जेलमै पुगेर निलम्बित सांसद रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीसँग गठबन्धन गर्ने विषयमा छलफल गर्न डा. राउतले चौधरीलाई भेटेका हुन् । असार २ गते काठमाडौंको डिल्लीबजार जेलमा चौधरीसँग भेटघाट गरेको र दुई पार्टी गठबन्धन गरी अगाडी बढ्ने कुरामा भएको छलफल सकारात्मक रहेको डा। राउतले उल्लेख गरेका छन् ।

पुराना पार्टीहरूले पटक-पटक सम्झौता, वार्ता र आश्वासनका नाममा आन्दोलनकारी शक्तिहरूसँग पटक(पटक धोखा मात्रै दिएको गुनासो चौधरीले गरेको पनि डा. राउतले सचिवालय पेजमा लेखेका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि डा. राउत विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् । स्थानी तहको चुनावमा अन्य दलसँग गठबन्धन नगर्दा परिणाम सन्तोषजनक नआएको भन्दै आसन्न निर्वाचनमा मधेसी दलसँग गठबन्धन गर्ने जनमत पार्टीले जनाएको छ ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार २१:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ