सुतेकै ठाउँमा मृत भेटिए वडाध्यक्ष


काठमाडौं । सुतेकै ठाउँमा एक वडाध्यक्ष मृत फेला परेका छन् ।

जाजरकोट कुशे गाउँपालिका ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत फेला परेका हुन् । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको बताइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।

घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताएका छन् ।

प्रकाशित : २०७९ असार ४, शनिबार १४:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ