Breaking- काठमाडौं लगिरहेको मल किसानले ट्रक रोकेर लुटे !


जनकपुरधाम । किसानले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर किसानले मल खोसेका हुन् ।

यो धादिङको धार्केको घटना हो । किसानले मल लगेको विवरण प्राप्त भएको धादिङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन नसकेको उनको भनाई छ । तर किसानले ट्रक रोकेर मल लगिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रकाशित : २०७९ असार ४, शनिबार १६:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ