मेयर बालेन आज पहिलो नीति तथा कार्यक्रम ल्याउँदै !


काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । मेयर बालेन्द्र साहको यो पहिलो नीति तथा कार्यक्रम हो ।

आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाका प्रवक्ता बसन्त आचार्यले जानकारी दिए ।

उनका अनुसा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो ।

महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ ।

महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ । मेयर साहले ल्याउने नीति तथा कार्यक्रममा कति र कस्तो नयाँ योजना रहने कुरा चासोको विषय बनेको छ ।

प्रकाशित : २०७९ असार ५, आईतवार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ