महोत्तरीमा मोटरसाइकलको ठक्करले साइकल यात्रीको मृत्यू


जलेश्वर । महोत्तरीको गौशालामा मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

गौशाला नगरपालिका ४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज१०प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

प्रकाशित : २०७९ असार ५, आईतवार ११:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ