दुबईका राजकुमारलाई प्रसाईंको उपहार- मार्सी चामल, नेपाली सिरुपाते, खुकुरी र यार्सागुम्बा


झापा । नेपालको तीन दिने भ्रमणमा रहेका दुबईका राजकुमार शेख जुमा अल मुक्तुमले बिर्तामोडमा रहेको दुर्गा प्रसाईंद्धारा संचालित बि एण्ड सी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको औपचारी भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा अस्पताल पुगेका राजकुमारलाई प्रसाईले भव्य स्वागत गरे । प्रसाईंले नेपालमै उत्पादित मार्सी चामल, सिरुपाते, नेपाली खुकुरी र यार्सागुम्बा सिलाजित लगायतका बस्तु उपहार स्वारुप हस्तानतरण गरेको हुन् ।

मार्सी चामलको ब्राण्डनै बनाएका प्रसाईंले बिश्वमा नेपाल भनेर चिनाउने बस्तुहरु प्रदान गरेका हुन् । राजकुमारले अस्पतालको भ्रमण गरि नेपालमै पहिलो पटक संचालनमा आएको पेट सिटि स्क्यान मेसीनको समेत उद्घाटन गरे ।

दुबईका राजकुमारले उपहार स्वरुप प्रसाईंलाई सुनको लौरो दिएका छन् । कतपयले लौरो सुनको नरहेको बताउँछन् ‌।‌ यो विषयमा कनुसन्धान भइरहरको छ।

प्रकाशित : २०७९ असार ५, आईतवार १२:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ