सिसडोलमा रंगशाला र पार्क बनाउने मेयर बालेनको घोषणा, विरोध गर्नेहरु भए खुशी !


काठमाडौं । मेयर बालेन साहले सिसडोलको ल्याण्डफिल साइटमा रंगशाला र पार्क निर्माण गर्ने चाहना व्यक्त गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङसँगको भेटमा मेयर साहले सो कुरा उल्लेख गरेका हुन् ।

लिग खेल्ने काठमाडौंका क्लबहरुमा बाहिरका खेलाडीकै बर्चस्व रहेको उल्लेख गर्दै उनले स्थानीय खेलाडी उत्पादन गर्न ल्याण्डफिल साइटमा रंगशाला र पार्क निर्माण गर्न चाहेको बताएका छन् ।

उनले भने, ‘हामी  सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौ भन्दा १२ किलोमिटर मात्र टाढा छ, अहिलेको फोहोरलाई उचित ब्यबस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौं ।’

टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा राती खेल्न मिल्ने गरी फ्लोडलाइट जडान गर्ने पनि उनले बताए । अहिले पनि काठमाडौं महानगरले महानगरमा रहेका ए डिभिजन क्लबहरुलाई वार्षीक १० लाख दिँदै आएको छ ।

मेयर साहसँगको भेटमा नेम्बाङले महानगरको फुटबल विकासका लागि महानगरसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।

प्रकाशित : २०७९ असार ५, आईतवार १२:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ