सिरहाको गोलबजारमा करेन्ट लागेर एक मजदुरको मृत्यु


टुडेखोज, सिरहा । सिरहामा करेन्ट लागेर एक मजुदुको मृत्यु भएको छ ।

करेन्ट लागेर गोलबजार नगरपालिका १ का २६ वर्षिय गोपाल पूर्वेको मृत्यु भएको हो । करेन्ट लागेर घाइते उनलाई उपचारका लागि लग्ने क्रममा मृत्यू भएको बताइएको छ ।

गोलबजार नगरपालिका ६ का मनोज कुमार सिंहको घरमा प्लाष्टर गर्न बाँस ठड्याउने क्रममा विजुलीको नाङ्गो तारमा करेन्ट लागेर मजदुर पुर्वेको मृत्यू भएको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

प्रकाशित : २०७९ असार ५, आईतवार १३:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ