Sad News: दिल्लीका लागि उडेको विमानमा अचानक आगो लागेपछि…


पटना । बिहारको पटनाबाट दिल्लीका लागि उडेको स्पाइसजेटको विमानको इन्जिनमा आइतवार टेकअफको केही समयमै आगलागी भएको छ।

आगलागी भएको थाहा पाएलगत्तै विमानलाई पटना विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । विमानस्थल प्रशासनले विमानमा बसेका सबै यात्रुलाई सकुशल बाहिर निकालेको छ ।

सरकारी अधिकारीका अनुसार टेक अफ भएको तुरुन्तै कम उचाइमा रहेको चरासँग ठोक्किएर विमानमा आगो लागेको थियो ।

स्पाइसजेट विमानले घटनाको बारेमा आधिकारिक विज्ञप्ति जारी गर्दै चराको ठक्करलाई कारण दिएको छ । दुर्घटनाबारे विमानस्थल प्रशासनले उच्चस्तरीय छानबिन गरिरहेको छ ।

प्रकाशित : २०७९ असार ५, आईतवार १७:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ