काठमाडौंमा घरजग्गा बहालमा दिने काम अब कम्पनीमार्फत मात्रै हुने


काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने भएको छ ।

मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रममार्फत उक्त व्यवस्था गरिने जानकारी दिएका हुन् ।

उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घरजग्गा बहाल कम्पनीमार्फत मात्रै हुने व्यवस्था हुने बताए । संघीय सरकारले समेत घरजग्गा बिक्रीवितरण कम्पनीमार्फत गर्ने नीति लिएको छ ।

मेयर शाहले घरजग्गा भाडालाई व्यवस्थित गर्न सो नीति अपनाएका हुन् । यस्तै उनले ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता दिने पनि बताए ।

प्रकाशित : २०७९ असार ५, आईतवार १९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ