नेपालको मदरसामा आतंकवादी लुकेको भारतको आरोप


काठमाडौं । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ ।

नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापन सम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लजी)को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो ।

नेपाल-भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो ।

बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो । वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए ।

भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए ।

प्रकाशित : २०७९ असार ६, सोमबार ०६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ