काठमाडौंको नीति तथा कार्यक्रममा समेटियो सुनिताको ‘एमपी थिएटर’ योजना


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी नीति तथा कार्यक्रममा एमपी थिएटरहरु निर्माण गर्ने योजना अघि सारिएको छ ।

उपमेयर सुनिता डंगोलले आफ्नो चुनावी अभियानका क्रममा एमपी थिएटर बनाउने कुरा गरेकी थिइन् । उनको उक्त भाषण भाइरल नै भएको थियो ।

मेयरका प्रत्याशी बालेन्द्र साहको विषयमा टिप्पणी गर्दै डंगोलले आफूले चुनाव जितेपछि काठमाडौंमा एमपी थिएटर बनाएर बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् ।

बालेनका समर्थकहरुले उक्त भाषणलाई लिएर सुनितालाई ट्रोलसमेत गरेका थिए । तर, मेयर बालेनले आफ्नो नीति तथा कार्यक्रममा एमपी थिएटरलाई स्थान दिएका हुन् ।

प्रकाशित : २०७९ असार ६, सोमबार ०७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ