पञ्चेबाजा सहित मिस नेपाल बनेकी प्रियंका रानीले गरिन् गृहप्रवेश


काठमाडौ । मिस नेपाल २०२२ को उपाधि जित्न सफल प्रियंका रानी जोशीलाई सोमबार पञ्चेबाजासहित घरमा गृह प्रवेश गराइएको छ ।

करिब १० दिनको क्लोज क्याम्पको बसाइपछि प्रियंकाले सोमबार घर प्रवेश गरेकी हुन् । मिस नेपाल २०२२ को ग्राण्ड फिनालेपछि आयोजक द हिडन ट्रेजरले र्‍याडिसन होटलमा कोरोनेसन नाइट रिसेप्सन आयोजना गरेको थियो ।

विजेता बनेको दिन उनी त्यहीँ बसिन् । जोशीको जितको खुसीयालीमा उनको परिवार र आफन्तहरुले सोमबार गाडी, नाच र बाजागाजासहित उनलाई र्‍याडिसन होटलदेखि घरसम्म लगेका हुन् ।

सेतो गाडीमा नेपालको झन्डा फहराउँदै जोशी काठमाडौंको अनामनगरस्थित पुर्ख्यौली घर पुगेकी छन् । आफूले ताज जित्नुमा आफ्ना २३ प्रतिस्पर्धीहरुको साथ रहेको उनको भनाइ छ ।

उनी भन्छिन, ‘मेरा २३ सहकर्मी साथीहरुको कारणले र उहाँहरुको इनर्जीले गर्दा मेरो मनोबल बढेको हो ।’

प्रकाशित : २०७९ असार ६, सोमबार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ