Breaking- बसले ट्रकमा ठक्कर दिएपछि ४ मजदुरको मृत्यू, २९ जना घाइते


भारत । उत्तर प्रदेशको कुशीनगरको हाता कोतवाली नजिकै NH 28 मा पार्किंग गरिएको ट्रकसँग तीव्र गतिमा रहेको बस ठोक्किएपछि चार जनाको मृत्यू भएको छ ।

स्थानीय प्रहरीका अनुसार बसमा सवार ४ यात्रुको तत्कालै मृत्यु भएको हो । बसमा सवार २९ यात्रु घाइते भएका छन् । घाइते मध्ये १० यात्रुको अवस्था चिन्ताजनक छ ।

बिहारको मधेपुरा जिल्लाबाट मजदुर लिएर पञ्जाब जाँदै गरेको बस दुर्घटनामा परेको बताइएको छ । बसमा सवार कामदारले चालकले तीव्र गतिमा बस चलाएको बताए ।

घटना विहान करिब २ बजे भएको थियो । दुर्घटनामा घाइते भएका सबैको त्यहाँको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७९ असार ७, मंगलवार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ