भन्सार छलेर ल्याएको १ सय ९१ तोला चाँदीसहित एक जना पक्राउ


हेटौंडा, ४ कार्तिक । प्रहरीले भन्सार छलेर ल्याएको १ सय ९१ तोला चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

ना १४ प २८३६ नम्बरको मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा चाँदीको गरगहनासहित प्रहरीले भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ बस्दै आएका १८ वर्षीय राकेशकुमार सुनारलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय सानोपोखराका प्रहरी सहायक निरीक्षक जयबहादुर प्रधान नेतृत्वको टोलीले हेटौँडा–२ देवीपथमा जाँचका क्रममा मोटरसाइकलको सिट र ट्याङ्कीमा लुकाइराखेको उक्त परिमाणको चाँदीको गहना बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । चाँदीको गरगहना वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

प्रकाशित : २०७६ कार्तिक ४, सोमबार ११:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ