जनकपुरको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा भिषण आगलगी


जनकपुरधाम । जनकपुरधामको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा आज बिहान भिषण आगो लागेको छ ।

होटल मसाला कटेजसंगै टासिएर रहेको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा आगो लागेको हो । आधा घण्टा बढी समयसम्म आगो नियन्त्रणमा आउन सकेका छैन् ।

बारूणयन्त्र ढिलो पुगेकाले आगो नियन्त्रणमा आउन नसकेको स्थानीय बताउँछन् । धनुषा प्रहरीका प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले बारुणयन्त्र, प्रहरी र स्थानीय आगलगी नियन्त्रणमा लिने प्रयास जारी राखेको जानकारी दिए ।

आगलगीको कारण खुल्न सकेका छैन् ।

प्रकाशित : २०७९ असार ७, मंगलवार १०:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ