आरजु राणा लाजले भुतुक्कै हुने गरि मेयर बालेनले फर्काए सालिन जवाफ !


काठमाडौं । नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह माथी लगाएको आरोपको बालेनले सालिन जवाफ फर्काएका छन् ।

पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीपत्नी राणाले बालेनले सोसल साइट परिचालन गरेर निर्वाचन जितेको आरोप लगाएकी थिइन । आरजुले नामै ताकेर बालेनले रुटिन अफ नेपाल बन्द नामक पेज हायर गरेर चुनाव जितेको बताएकी थिइन । यस्तो आरोपबारे केहि नबोलिकन बालेनले मुतोड जवाफ फर्काएका छन् ।

आरजुले पोखराबाट आरोप लगाएकै साँझ बालेनले आरजुको आरोपलाई समेत जवाफ पुग्ने गरी आफ्नो चुनावी खर्च विवरण पेस गरेका छन् जुन देखेर दुनियाँ चकित भएको छ । आरजुले सोसल साइट किनेर बालेनले चुनाव जितेको आरोप लगाएकी छिन् तर बालेनले देखाएको खर्च विवरणमा सोसल साइटमा एक रुपैँया पनि खर्च भएको छैन ।

रुटिन अफ नेपाल बन्दलाई हायर गरेर बालेनले चुनाव जितेको भन्ने आरजुको आरोप स्वत खण्डीत भएको छ । सामाजिक संजालको भरपुर प्रयोग गरेर बालेनले चुनाव जितेको सत्य भए पनि त्यस प्रयोजनका लागी एक रुपैँया पनि उनको खर्च नभएको देखिएको छ । ४ लाख भन्दा पनि कम खर्चमा काठमाडौँ महानगरपालिकाको निर्वाचन जितेर बालेनले देखाइदिएका छन् ।

साहले स्थानीय चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको विवरण सार्वजनिक गरेका छन् । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको उनले बताएका छन् ।

चुनावी खर्च सार्वजनिक गर्दै उनले भनेका छन्, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’

उनले खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी पनि मागेका छन् । सबैभन्दा कम खर्चमा महानगरपालिकाको निर्वाचन जित्ने उमेदवार पनि बालेन बनेका छन् ।

प्रकाशित : २०७९ असार ७, मंगलवार ११:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ