रवि लामिछानेलाई पहिलो झट्का : प्रस्ताव गरेको चुनाव चिन्ह ‘घण्टी’ नपाउने !


काठमाडौं । रवि लामिछानेले घोषणा गरेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले प्रस्ताव गरेको चुनाव चिन्ह ‘घण्टी’ अरू नै राजनीतिक दलले लिइसकेको भेटिएको छ ।

लामिछानेले चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने बताए पनि सो चिन्ह ‘राष्ट्रवादी दल’ले लिइसकेको छ । मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह सार्वजनिक गरेका हुन् ।

उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरूको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन् । तर ‘घण्टी’ चुनाव चिन्ह २०७३ मंसीर ३० गते निर्वाचन आयोगमा दर्ता भएको दल ‘राष्ट्रवादी’ पार्टीले लिइसकेको छ ।

नारायण गोपालमार्ग काठमाडौंमा कार्यालय रहेको सो दलका केन्द्रीय संयोजक सहजाद मियाँ मिकरानी हुन् । अब लामिछानेले चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने देखिएको छ ।

प्रकाशित : २०७९ असार ७, मंगलवार १५:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ