प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर आगामी चुनावमा भाग लिन्छौं : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार तय गरेर आफ्नो दलले आगामी चुनावमा भाग लिने बताएका छन् ।

सञ्चारकर्म छाडेर राजनीतिमा आएका लामिछानेले मंगलबार मात्र दलको घोषणा गरेका हुन् । उनले निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन पनि दिएका छन् ।

लामिछानेका अनुसार दलको सभापति उनी आफैं छन् । दलमा उनीसहित २१ पदाधिकारी रहेको भने पनि उनले अरु पदाधिकारीको नाम भने खुलाउन चोहनन् ।

उनले भने, ‘दल दर्ता प्रयोजनका लागि पदाधिकारीहरु राखेका छौं । देशले चिनेका होइनन्, देशलाई चिन्नेहरु छन् । दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले आफ्नो दल प्रधानमन्त्रीको उम्मेदवारसहित चुनावमा जाने बताए ।

उनले अघि भने, ‘प्राइमरीबाट प्रधानमन्त्रीको उम्मेदवार चुन्छौं र प्रधानमन्त्रीले आफ्नो मन्त्रीहरुको टिम बनाउँछ । त्यही लिएर हामी चुनावमा जान्छौं ।’

प्रकाशित : २०७९ असार ७, मंगलवार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ