मधेस : सेवाग्राहीसंग घुस लिएको १ लाख २५ हजार रुपैयाँ सहित विचौलिया पक्राउ


जनकपुरधाम । नापी कार्यालय पर्साका एक बिचौलियालाई घुस रकमसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १३ का ६० वर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेका छन् । एक सेवाग्राहीसंग घुस लिएको १ लाख २५ हजार रुपैयाँ सहित पाण्डे पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरिक्षक विशाल मल्लको नेतृत्वममा खटिएको प्रहरी टोलीले वीरगन्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट पाण्डेलाई रंगेहात पक्राउ गरेको बताइएको छ ।

निजामति कर्मचारीको पोशाक लगाएर नापी कार्यालयमा कार्यरत रहेको बताउँदै पाण्डेले सेवाग्राहीसँग घुस लिदै आएका थिए ।

प्रकाशित : २०७९ असार ७, मंगलवार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ