रासायनिक मल माग्दै हलो लिएर प्रदर्शन


दाङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

राष्ट्रिय युवा संघ घोराही उपमहानगरपालिका कमिटीले हलो र जुवाको प्रदर्शन गर्दै रासायनिक मल अभावको विरुद्धमा घोराहीमा विरोध प्रदर्शन गरेको हो ।

विरोधसभामा नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले किसानलाई समयमै मल उपलब्ध गराउन नसक्ने अहिलेको सरकार किसान मारा भएको आरोप लगाएका छन् ।

उनले सरकारले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने र पेट्रोलियम पदार्थको मुल्य वुद्धि फिर्ता लिनु पर्ने माग पनि गरे ।

प्रकाशित : २०७९ असार ७, मंगलवार २२:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ