मधेसको निजगढमा घरको ढोका फोरेर २५ तोला सुन चोरी, प्रहरीले केहि गर्न सकेनन्


जनकपुरधाम । मधेस प्रदेशमा पर्ने बाराको निजगढ नगरपालिका ९ का गोविन्द खरेलको घरमा चोरी भएको छ ।

मंगलबार दिउसो चोरले खरेलको घरको मूल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो ।

घरमा राखिएको करिब २५ तोला सुन र १ लाख रुपैयाँ चोरी भएको खरेलले जानकारी दिए । घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरुले बिहान १० बजेदेखि दिउँसो ४ बजेको अवधिमा चोरी गरेको उनले बताए ।

आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किदा चोरी भएको पाइएको घरमुली खरेलले गुनासो गरेका छन् ।

घरको मूल ढोकाको ताल्चा फोररभित्र पसेका चोरहरुले चोटाकोठा चाहार्दै निर्थक्कसँग सुनका गहना खोजेर लगेको उनको भनाई छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्‍जीव ओलीले खरेलको घरमा मगंलवार दिउसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको बताएका छन् ।

प्रकाशित : २०७९ असार ८, बुधबार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ