लहानका मेयर चौधरीको घोषणा : दलित उत्कृष्ट १० जना विद्यार्थीलाई काठमाडौं पढाउने


सिरहा । लहान नगरपालिकाले बिपन्न सामुदायका ४० घरधुरी भएको ठाउँमा बिहान र बेलुका दुई टाईम बिपन्न वर्गका बालबालिकाको लागि टयुसन संचालन गर्ने भएको छ ।

दलित, गरिव र विपन्न परिवारका लागि १०० वटा नमूना घर बनाउने, उनीहरुको परिवारमा गर्भवती महिलाहरुलाई प्रत्येक महिना पोष्न भत्ता, १० किलो चामल, एक किलो नुन, एक पोका तेल र एक किलो मटर बितरण गर्ने घोषणा गरेका छन् ।

यस्तै दलित, गरिव र विपन्नहरुलाई निःशुलक स्वास्थ्य बिमा गर्ने, दलित सामुदायवाट टपटेनमा छनोट भएका दश जना बिधार्थीलाई उच्च शिक्षाका लागि काठमाडौंको सुविधा सम्पन्न स्कुलमा पढाउने र शिक्षाको स्तर बढाउन स्कुलहरुमा थप शिक्षकको नियुक्ति गर्ने पनि मेयर चौधरीले बताएका छन् ।

लहान नगरपालिका वार्ड नम्बर ४ मा बृद्धा आश्रम संचालन गर्ने निर्णयहरु गरेको कुरा लहानका मेयर महेश प्रसाद चौधरीले बताएका छन् ।

प्रकाशित : २०७९ असार ८, बुधबार १६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ