मधेस : दुर्घटनामा घाइते वडा सदस्य यादवको निधन


जनकपुरधाम । दुर्घटनामा घाइते वीरगञ्ज महानगरपालिका २४ का एक वडा सदस्यको निधन भएको छ ।

दुर्घटनामा परी घाइते भएका ३७ वर्षीय कृष्ण कुमार यादव (सन्त)को मंगलवार राति उपचारको क्रममा निधन भएको हो । उनी जसपाबाट निर्वाचित भएका थिए ।

चितवनको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा भर्ना भई उपचाररत यादवलाई थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा बाटोमै निधन भएको बताइएको छ ।

जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाईनस्थित कान्तिलोकपथ सडक खण्डमा ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप गाडी अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी वीरगञ्ज १७ का ३० वर्षीय श्रवण यादव, वडा ३० का वडाअध्यक्ष मनोजकुमार यादव, वडा २४ कै ३१ वर्षीय सद्दाम हुसेन, वडा २५ का ३१ वर्षीय जगदीश साह, वडा ३२ की ३५ वर्षीय पूजा राम र वडा २९ का धर्मेन्द्रप्रसाद महतो थारू घाइते भएका थिए ।

प्रकाशित : २०७९ असार ८, बुधबार १९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ